काठमाडौँ । पार्टी कामको लागि रौतहट पुगेका माधव नेपाल बुद्ध एयरबाट काठमाडौं फर्किंदै छन् ।
नेपालले काठमाडौँ फर्कन सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका हुन् ।
बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता गरेको आरोपमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
माधव नेपालले भने आफुले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम नगरेको बताएका छन् ।
मुद्दा दायर भएपछि उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।










