५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद्मकन्या कलेजको रङ्गीन भित्ताहरु- फोटो फिचर



अ+ अ-

काठमाण्डौं । बागबजारमा रहेको पद्मकन्या कलेजले पर्खालमा यतिबेला सुन्दर चित्रहरु कोरिएका छन् ।

फुस्रो फुङ्ग उढेको पर्खाल यतिबेला कलात्मक मन्दिरको पर्खाल जस्तो देखिएको छ । जहाँ काठमाडौ उपत्यकाको कला, सस्कृति र सभ्यता झल्कने चित्रहरु कोरिएका छन् ।

त्यहाँको भित्तामा कोरिएका जीवित चित्रहरू केवल रङ्गीन चित्रमात्र होइनन् — तिनीहरू सामाजिक कथाहरू बोकेका सन्देशदायी संरचना समेत हुन् । नेपालकै सांस्कृतिक र भौगोलिक विविधतालाई समेटेका चित्रले त्यस क्षेत्रलाई सुन्दर बनाएको छ ।

पर्खालको सामुन्ने रहेको मेरिना ईम्पेसका अर्जुन बस्नेतले भन्नुभयो “बिगतमा फोहर थुप्रिएर हेर्दा नै दिक्क लाग्दो देखिन्थो तर अचेल त पर्खाल तीर मात्र हेरिरहन मन लाग्छ ।”

काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा नेपालका विभिन्न सांस्कृतिक पहिचान झल्कने चित्रहरु (मुराल) कोरिएको हो ।

महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ ।