काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ ।
राजसंस्था र हिन्दू राष्ट्र पुन:स्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको समितिले आज दिउँसो २ बजे आन्दोलन सुरु हुने जनाएको छ ।
हिजो साँझ विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । जेठ १५ गतेदेखि जारी आन्दोलन हिजो भने स्थगित गरिएको थियो ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल, बल्खु, कोटेश्वरबाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।











