९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम
अ अ+ अ-

डुम्रे, (तनहुँ) । सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो ।

सीपको अभावमा बेरोजगार रहेका महिला, पुरूषलाई सीपको विकास गरी आत्मनिर्भर बनाउन, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सीपमूलक पञ्चेबाजा तालिम दिइएको पालिकाले जनाएको छ ।

सीपमार्फत पालिकावासीलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्यसहित म्याग्दे–६ का १९ महिला तथा पुरूषलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको पालिकाको आर्थिक विकास शाखाका प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । उहाँले यहाँका युवायुवतीलाई सीप सिकेर आत्मनिर्भर र स्वावलम्बी बनाउने प्रयास थालिएको भन्दै यसले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)मार्फत सीप सिकाएपश्चात् उद्यमी बन्नेक्रम बढेको गाउँपालिकाले जनाएको छ । सीप नभएका व्यक्तिलाई सहभागी गराएर सीप सिकाउन पालिका लागिरहेको न्यौपानेले बताउनुभयो ।

सीप सिक्न र उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखीकरण र उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको बताउँदै उहाँले आर्थिक वर्ष २०८१र८२ मा ६८ जनालाई तालिम प्रदान गरिएको जनाउनुभयो । उहाँका अनुसार गरिबी निवारणका लागि तालिम सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला, संस्कृतिको संरक्षण, व्रवर्द्धन र पुस्तान्तरणका लागि पञ्चेबाजा तालिम प्रभावकारी हुने विश्वास लिनुभयो । तालिमपश्चात् स्थायीय स्वारोजगार बन्नुका साथै आयआर्जनका स्रोत विस्तार हुँदै जाने उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सीपलाई प्रयोगमा ल्याएर कला, संस्कृतिको जगेर्ना गर्दै आयसँग जोडेर आत्मनिर्भर र स्वावलम्बी बन्नेतर्फ योजना बनाउन तालिममा सहभागीलाई आग्रह गर्नुभयो ।

सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्नसके आम्दानीको स्रोत बनाउन सकिने म्याग्दे(६ का वडाध्यक्ष हिरालाल गुरुङले बताउनुभयो । उहाँले वडाले कला, संस्कृतिको संरक्षण र संवर्द्धनका लागि लक्षित समुदायलाई आवश्यक सीप सिकाउने कार्य गरिरहेको दाबी गर्नुभयो ।

गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रदान गरिएको बताउनुभयो । रोजगारी नपाई बसेका स्थानीय युवाबाट माग भएबमोजिमका तालिम सञ्चालन गरिएको भन्दै सीप सिकेपछि स्वरोजगारका अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष डिपी अधिकारीले लोपोन्मुख संस्कृतिको जगेर्ना गर्न सञ्चालन गरिएको तालिमले सीपयुक्त भएर आत्मनिर्भरतातर्फ अगाडि बढ्न पैरित गर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका सीपको उपयोग गरी स्वरोजगार बन्न सुझाव दिनुभयो ।

उद्यमशीलता र सीपमूलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्नु, नवप्रवर्द्धनलाई अवलम्बन गरी समावेशी र दिगो आर्थिक विकास हासिल गर्नुलगायत लक्ष्य गाउँपालिकाको रहेको छ । पञ्चेबाजा तालिम म्याग्दे(६ मनपाङ र अकलामा सञ्चालन भइरहेको छ । रासस