४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको साताव्यापी भ्रमण गरेर पूर्वराष्ट्रपति भण्डारी आज फर्कंदै



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्कंदै हुनुहुन्छ । भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई चीनलेको वरिष्ठ नेताको रुपमा सम्मान गर्दै वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपतिलाई भेट्नु भएको थियो । एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको छ । गत शनिबार बेइजिङमा भण्डारीसँग भएको भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालमा राजनीतिक स्थायित्वका लागि वामपन्थी शक्ति मिल्न आवश्यक भएको सुझाव दिनुभएको थियो ।

भेटमा लिउले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता सहयोग तीव्र पार्न र दुई देशको साझा भविष्यमा सुधार आवश्यक भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले नेपालको विकासमा दीर्घकालीन सहयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकारलाई धन्यवाद दिनुभएको थियो । भण्डारी यही जेठ १० मा चीन भ्रमणमा जानुभएको हो । उनको टोलीमा एमाले विदेश विभाग प्रमुख एवं सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् ।

लिउले नेपाल र चीनबीच भएको बीआरआई कार्यान्वयन चाँडो होस् भन्ने चाहेको बताउनुभएको छ । बीआरआई परियोजना अघि बढाउने पक्षमा आफू रहेको उल्लेख गर्दै भण्डारीले राष्ट्रपतिको हैसियतले २०७६ वैशाखमा भएका सहमति स्मरण गराउनुभएको थियो । भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङले २०७६ असोजमा नेपालको भ्रमण गर्नुभएको थियो ।

सीपीसीले बेइजिङमा गत सोमबार गरेको छिमेकी देशका नेताहरूको सम्मेलनमा भण्डारीलाई प्रमुख वक्ताका रूपमा सहभागी गराएको थियो ।

भण्डारीले चीनको गान्सु प्रान्तको डुनहुवाङमा सभ्यता आदानप्रदान सम्वादलाई सम्बोधन गर्नुभएको थियो । उहाँले शुक्रबार साँझ गान्सु प्रान्तको डुनहुवाङ १३ औं राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष ची बिंग्सुआनसँग पनि भेटवार्ता गर्नुभएको थियो ।