११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा पक्राउ परेपछि अध्यक्ष लिङ्देनको चेतावनी–खास लडाइँ भोलिबाट सुरु हुन्छ



अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् ।

आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले नक्सालस्थित नारायणचौरबाट थापालाई नियन्त्रणमा लिएको छ ।

अध्यक्ष लिङ्देनले थापालाई रिहा नगरे भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिँदै देशभरीबाट कार्यकर्ताहरु उतार्ने बताए ।

प्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’

एक ठाउँमा भेला नभई ५० ठाउँबाट निस्कने चेतावनी दिँदै ‘कहाँ रोक्नुहुन्छ तपाईं ?’ भन्दै लिङ्देनले सरकारलाई प्रश्न गरे ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने ।