७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा पक्राउ परेपछि अध्यक्ष लिङ्देनको चेतावनी–खास लडाइँ भोलिबाट सुरु हुन्छ



अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् ।

आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले नक्सालस्थित नारायणचौरबाट थापालाई नियन्त्रणमा लिएको छ ।

अध्यक्ष लिङ्देनले थापालाई रिहा नगरे भोलिबाट काठमाडौं ठप्प पार्ने चेतावनी दिँदै देशभरीबाट कार्यकर्ताहरु उतार्ने बताए ।

प्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’

एक ठाउँमा भेला नभई ५० ठाउँबाट निस्कने चेतावनी दिँदै ‘कहाँ रोक्नुहुन्छ तपाईं ?’ भन्दै लिङ्देनले सरकारलाई प्रश्न गरे ।

‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’ अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने ।