४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीनारायण शाहको अपमान गर्ने प्रधानमन्त्री ओलीलाई कांग्रेसले बोक्नुहुन्न–शंकर भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जालमार्फत पार्टी सभापति शेरबहादुर देउवासँग सरकारलाई दिएको समर्थनको समीक्षा गर्न माग समेत गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेसले काँध थापि रहन सक्दैन । यस विषयमा पार्टीले गम्भीर भएर सोच्नु पर्ने समय आईसकेको छ । जय नेपाल ।’

प्रधानमन्त्री ओलीले शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताएका थिए ।