काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
नेता भण्डारीले सामाजिक सञ्जालमार्फत पार्टी सभापति शेरबहादुर देउवासँग सरकारलाई दिएको समर्थनको समीक्षा गर्न माग समेत गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेसले काँध थापि रहन सक्दैन । यस विषयमा पार्टीले गम्भीर भएर सोच्नु पर्ने समय आईसकेको छ । जय नेपाल ।’
प्रधानमन्त्री ओलीले शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताएका थिए ।










