२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमाथि ओलीको टिप्पणीः पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुनेकुरा मात्रै सिकाउँछ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई मास्ने काम गर्नुभएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा बुद्धिजीवि परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पृथ्वीपथले मारकाट गरेर एकतावद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताउनु भयो । उहाँले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सकिने टिप्पणी गर्नुभयो ।

उहाँले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको बताउनु भयो । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिने बताउनु भयो । राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै १३ औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रिय एकता भन्ने बित्तिकै केही केही यस्ता खालका चाटुकारहरु निस्किए अहिले । अहिले आएर यतिबेला पृथ्वीपथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । त्यही हो क्यार । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकतावद्ध बनाउनु छ । पृथ्वीपथले एकतावद्ध ? मारकाट गरेर एकतावद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला ।

अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ । पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ? संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ । कति पुरातनपन्थी हो ? यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षी जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्लपथ । यि चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका ? आजका विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्ने की ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यतिबेलाका महत्वपूर्ण कुरा होलान् ।

आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ । विषयानगरजीको एक सुका खोजेर राष्ट्र बलियो बनाउँछु भन्नेकुराले हुन्छ । त्यति बेला भयो होला । आज हरेकले उद्यमशिलतामा जान जरुरी छ । हामी उद्यमशिलताका कुरा गरिरहेका छाँै । अब विषयनगर जी । हामी राष्ट्रका कुरा गर्दैछौँ । पृथ्वीनारायण शाहले आफू बाहेक अरुलाई त मास्ने कुरा गर्थे त । मासेको होइन । अनि पृथ्वीनारायाण शाहपछि पनि अनेक रजौटाहरु मासेको होइन ।

आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरुरी छ । त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो । अनि उद्देश्य, विचार, समय, परिस्थिति मिल्छ ? केके न ल्याएँ भनेर पृथ्वीपथ । १३ औं सन्तानले राजा हुन युक्ति निकालेको पृथ्वीपथ । राजा हुने युक्ति अहिले पनि । आजको समय राजा, रजौटा, तानाशाहहरुको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदैछाँै ।’

प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरुको समय नभइ लोकतन्त्र र लोकतान्त्रिकरणको समय भएको बताउनु भयो ।