१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेकुवा पोल्न घरको छतमा बालेको आगो देखेर छिमेकीले दमकल बोलाएपछि…



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

सार्वजनिक भिडियोमा ललितपुर महानगरपालिकाको दमकल पाँच तले घरको छतमा आगो बलिरहेको स्थानतर्फ पुग्छ ।

भिडियोमा एक पुरुष भन्छन्, “ल हेर्नुहोस्, यस्तो पनि आगलागी हुन्छ ? यहाँ आगो ताप्न के बालेको थियो, दमकल नै बोलाइ दिइसकेछन् । अब पेट्रोल खर्च भएन ? यसको पेट्रोल खर्च कसले तिर्छ ? सरकारले तिर्छ जस्तो त मलाई लाग्दैन ।”

उक्त भाइरल भिडियो १५ गते बेलुकातिर इमाडोलमा लिइएको हो । बेलुका ७ बजेतिर इमाडोलको घरमा आगलागी भएको भनेर महानगरमा कल आएको थियो । त्यसपछि महानगरले तत्कालै दमकल र अग्नि नियन्त्रकलाई पठायो ।

तर इमाडोल पुग्दा भने दृश्य अर्कै बन्यो । सेकुवा पोलेर खानको लागि आगो बालिएको थियो । छिमेकीहरूले आगो लाग्यो भन्ने ठानेर दमकललाई खबर गरेका थिए ।

भिडियोमा सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आगलागी नै नभइकन दमकल बोलाएको भन्दै हाँस्यास्पद कमेन्टहरु गरेका छन् । कतिपयले ‘घरमा सेकुवा पोलेर खानुपर्ने वातावरण समेत नभएको’ भन्दै कमेन्ट समेत गरेका छन् ।