१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला दलका शिर्ष नेताहरुले विश्राम लिएको दिनदेखि नै अहिलेका आन्दोलन हराउँछन्ः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका ठूला राजनीतिक दलका शिर्ष नेताहरुले राजनीतिबाट विश्राम लिएको दिनदेखि नै अहिलेका असन्तुष्टिहरु हट्ने बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले शिर्ष राजनीतिक दलका शिर्ष नेताहरुले आजकै दिनबाट आफ्नो तहबाट विश्राम लिन्छाँै भनेको दिनदेखि नै अहिले भइरहेका आन्दोलनहरु हराउने दाबी गर्नुभयो । उहाँले गणतान्त्रिक संस्कृतिको कुराकानी गर्दा अहिलेको समस्या लामो समयदेखि एउटै अनुहार शासन सत्तामा देखिनु रहेको बताउनु भयो । राजनीतिक दलहरुका नेताहरुले नेतृत्वबाट विश्राम लिन नसक्नु नै लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘हामीले गणतान्त्रिक संस्कृतिको कुराकानी ग¥यौँ । अहिलेको समस्या भनेको राजनीतिक दलहरुमा विरलै मात्र हुन्छ होला । यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भुमिकामा, एउटै अनुहारमा देखिरहेका छाँै । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो । नेपालका ठूला पार्टीका ठूला नेताहरुले रेस्पेक्ट गर्छु म उहाँहरुलाई । आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट आजै बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिबाट सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन । त्यसको सबै सुध्रिन्छ भन्ने होइन । त्यो भन्दा धेरै समस्या छन् ।’

महामन्त्री थापाले शिर्ष नेताहरुले नेतृत्व छोड्ने बित्तिकै सबै समस्या समाधान भने नहुने तर धेरै समस्या बुझेर समाधान गर्न सकिने बताउनु भयो ।