२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि बताउनु भयो । गणतन्त्रलाई विवादित बनाइएको भन्दै असन्तुष्टि जनाउनु भयो । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोध कम गरेको महशुस गरेको बताउनु भयो ।

नेतृ झाँक्रीले भन्नुभयो, ‘गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने प्रश्न छ । गणतन्त्रमा प्रश्न उठ्ने समय नै भएको थिएन । तर त्यो व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु एउटै थिएनन् । गणतन्त्रलाई यस्तो विवादित बनाइयो । यो व्यवस्थामा हामीले काम गर्नुपर्छ, त्यो हाम्रो जिम्मेवारी हो भन्नेकुरा जिम्मेवारीवोध हामीले कम महशुस ग¥यौँ की । तिलस्मी सपनाहरु बाँडेर मात्रै बस्यौँ, काम गरेनौँ की ?’

नेतृ झाँक्रीले सम्भव नहुने सपना बाँड्न नहुने बताउनु भयो ।