१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित



अ+ अ-

रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । 

नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । 

 तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । 

जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।