१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण, कोरोना पहिचान



अ+ अ-

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक भएको छ ।

परिषद्का अनुसन्धान प्रमुख डा। मेघनाथ धिमालले भने, ‘हामीसँग अनुसन्धानका लागि अनुमति लिएको देखिँदैन । तर, महामारीको बेला स्वास्थ्य क्षेत्र पनि जोडिएका कारण सरकारी निकायसँग समन्वय गरेको भए अनुसन्धानले अझ आधिकारिकता पाउँथ्यो ।’ उनले मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ढलमा देखिएको भाइरसको टुक्राटुक्री भेटिएको देखिए पनि रोग सार्ने प्रकृतिको हुँदैन । उनले भने, ‘ढलको पानीमा कोरोना भाइरस पहिचान भएपनि यसको माध्यमबाट कोरोना भाइरस सर्दैन । तर, ढलको पानीको उचित प्रशोधन भने हुनैपर्छ ।’

सिएमडिएन नामक संस्थाले गरेको अनुसन्धानबाट काठमाडौं उपत्यकाभित्रको ढलमा कोरोना भाइरस (सार्स–२) भेटिएको हो । काठमाडौं उपत्यकाका चार ठाउँबाट ढलको नमुना संकलन गरेर अनुसन्धान गर्दा दुई ठाउँमा कोरोना भाइरसको जीवाणु फेला परेको सिएमडिएनका संस्थापक तथा अनुसन्धानकर्ता डा। दिवेश कमाचार्यले बताए ।

अनुसन्धानकर्ता कमाचार्यले अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइएको बताए । उनले भने, ‘हामीले लामो समयदेखि परिषद्सँगको अनुमतिमा वातावरण निगरानीसँग सम्बन्धित अनुसन्धान गर्दै आएका छौं । यो पाइलट प्रोजेक्ट हो ।’

काठमाडौं उपत्यकामा एकैदिन ५४ जनामा संक्रमण
काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

यस्तै, हाल देशभर २९ हजार २ सय ९५ जना क्वारेन्टिनमा बस्दै आएका छन् । देशभर ९ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म आरटी–पिसिआर प्रविधिबाट २ लाख ५५ हजार ७ सय २८ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकांश संक्रमितमा लक्षण देखिएको छैन ।

यसैबिच, नेपाल वायुसेवा निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सात जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती सात जनाको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगमले गरेको छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ  ।