६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण, कोरोना पहिचान



अ+ अ-

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक भएको छ ।

परिषद्का अनुसन्धान प्रमुख डा। मेघनाथ धिमालले भने, ‘हामीसँग अनुसन्धानका लागि अनुमति लिएको देखिँदैन । तर, महामारीको बेला स्वास्थ्य क्षेत्र पनि जोडिएका कारण सरकारी निकायसँग समन्वय गरेको भए अनुसन्धानले अझ आधिकारिकता पाउँथ्यो ।’ उनले मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ढलमा देखिएको भाइरसको टुक्राटुक्री भेटिएको देखिए पनि रोग सार्ने प्रकृतिको हुँदैन । उनले भने, ‘ढलको पानीमा कोरोना भाइरस पहिचान भएपनि यसको माध्यमबाट कोरोना भाइरस सर्दैन । तर, ढलको पानीको उचित प्रशोधन भने हुनैपर्छ ।’

सिएमडिएन नामक संस्थाले गरेको अनुसन्धानबाट काठमाडौं उपत्यकाभित्रको ढलमा कोरोना भाइरस (सार्स–२) भेटिएको हो । काठमाडौं उपत्यकाका चार ठाउँबाट ढलको नमुना संकलन गरेर अनुसन्धान गर्दा दुई ठाउँमा कोरोना भाइरसको जीवाणु फेला परेको सिएमडिएनका संस्थापक तथा अनुसन्धानकर्ता डा। दिवेश कमाचार्यले बताए ।

अनुसन्धानकर्ता कमाचार्यले अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइएको बताए । उनले भने, ‘हामीले लामो समयदेखि परिषद्सँगको अनुमतिमा वातावरण निगरानीसँग सम्बन्धित अनुसन्धान गर्दै आएका छौं । यो पाइलट प्रोजेक्ट हो ।’

काठमाडौं उपत्यकामा एकैदिन ५४ जनामा संक्रमण
काठमाडौं उपत्यकामा सोमबार ५४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । प्रवक्ता डा.गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

यस्तै, हाल देशभर २९ हजार २ सय ९५ जना क्वारेन्टिनमा बस्दै आएका छन् । देशभर ९ हजार १ सय १८ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म आरटी–पिसिआर प्रविधिबाट २ लाख ५५ हजार ७ सय २८ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकांश संक्रमितमा लक्षण देखिएको छैन ।

यसैबिच, नेपाल वायुसेवा निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सात जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती सात जनाको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगमले गरेको छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ  ।