११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह

विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।

शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताउनु भयो । उहाँले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताउनु भयो ।

उहाँले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताउनु भयो । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गर्नुभयो । उहाँले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मान्छेहरुलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु मात्रै राजनीतिमा लाग्छ भन्नेखालको भाष्य डेभलप गर्न खोजिरहेको छ । त्यसमा तपाईंहरु सबैले के बुझ्नुपर्यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन ।

कुनै आधार नसोचि लाग्नु हुँदैन । राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम राजनीति हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो । यहाँ अनेकौँ मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् ।

विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन् । आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनु भयो ।