११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताउनुभएको छ ।

शनिवार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै उहाँले पुँजीपतीहरुलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताउनु भयो । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताको लागि काम गरिरहेको बताउनु भयो । मन्त्री पाण्डेले काँग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएको बेलामा लगानी ढुक्क भएर गर्न आग्रह गर्नुभयो । अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको बताउनु भयो । सरकार सुशासनको प्रत्याभुति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘अध्यादेशले लगानीको वातावरणलाई सहज बनाउनेछ । निजी क्षेत्रलाई हामीले आकर्षित नगरीकन कुनै उपाय नै छैन । हाम्रो देशको गलत भाष्य भनेको, लगानी कर्ता भनेको, पुँजीपती भनेको पुँजी लगानीका लागि हिम्मत, आँट र प्रयत्न गर्नेहरुकाप्रति केही नेगेटिभ भाष्य बनेको थियो, यसलाई हामी चिर्दै जानेछौँ । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्छ । दियो भने मात्रै त्यो देश धनी हुन्छ । धनीलाई पुँजी लगानी गर्ने वातावरण दिने हो । धनीले कर छली नगरोस्, राज्यलाई बुझाउनुपर्ने कर बुझाओस् । श्रम शोष नगरोस् र उपभोक्तालाई ठगी नगरोस् भन्ने वातावरण बनाउनु पर्छ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेशहरु निजी क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी आएको बतउनु भयो । उहाँले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले आइरहेका जति पनि अध्यादेशहरु छन्, त्यो अध्यादेशहरुमा विशेष गरी निजी क्षेत्रलाई प्रमोट गर्नेगरी, उद्यम व्यवसायलाई सफल बनाउने गरी ति अध्यादेश आएका छन् भन्नेकुरामा कुनै दुईमत छैन । नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भवना छ ।’

बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ ।

आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा सञ्चालनमा आएको इला कम्फोर्ट लक्जरी होटल करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो । होटलले वागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।

लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू छन् ।