९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छिन् ।

विवाह भएको एक वर्ष नपुग्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी चौहानले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै यस्तो आग्रह गरेकी हुन् ।

दुवै जनाका साथै परिवारको सहमतिमा सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढेको भन्दै कसैलाई पनि गाली नगर्न आफ्ना शुभचिन्तकहरूलाई उनले आग्रह गरेकी छन् ।

‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘मलाई यो समयमा साथ दिनुस् तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफैं जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदापाउँदै विवाह गर्नुभएको हो ।’

उनले राम्रोसँग कुरा गरेर छुटेको समेत उल्लेख गरेकी छन् । ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ’ उनले भनेकी छन्, ‘बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् ।’

आफूहरू प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको बताउँदै विवाह हतारको निर्णय भएको उनले बताइन् ।

उनले आफ्नो निजी कुरालाई कमाइ खाने भाँडो नबनाउन आग्रह समेत गरेकी छन् । ‘मेरो व्यक्तिगत कुरालाई कमाइ खाने भाँडो नबनाउनुहोला । मजाकको पात्र नबनाउनुहोला । आफ्नो चेली छोरीलाई सम्झनुहोला । यो कुरालाई इग्नोर गरेर अघि बढेको राम्रो हुन्छ । अरु मसँग केही बोल्न शब्द छैनन्’ उनले भिडियोमा भनेकी छन् ।

उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए ।​ एलिनाका पति विष्णु अस्ट्रेलियामा बस्दै आएका छन् ।