४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन जोड्यो । नेपालका लागि कविता कुँवर र विन्दु रावलले २५–२५ रनको योगदान दिए भने कप्तान इन्दु बर्माले १५ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ थाइल्याण्डकी थिपाचा पुथावोङले ३, नट्टाया बुचाथम र फन्निता मायाले २–२ तथा चनिदा सुथिरुआङले १ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।