२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार, उहाँको नै दिमाग खुस्केको होः  भीम रावल

प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार, उहाँको नै दिमाग खुस्केको होः  भीम रावल
अ अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विरुद्धमा निरन्तर आवाज उठाइरहनु भएका नेकपा एमालेका नेता भीम रावलको नामै लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको कटाक्षप्रति नेता रावलले कडा प्रतिक्रिया जनाउनु भएको छ ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले रावलमाथि विरोधका नाममा दुईजिब्रे व्यबहार गरेको र दिमाग खुस्केको आरोप लगाउनु भएको थियो ।

प्रधानमन्त्री देउवाको भनाई सार्वजनिक भएलगत्तै त्यसबारेमा न्यूजपोलारसँग कुरा गर्दै नेता रावलले भन्नुभयो, प्रधानमन्त्रीको भनाइ सुनेर भनाई आश्चर्य लाग्यो । कुन समयमा संसदमा टेबल भयो, कुन समयमा म मन्त्री थिएँ भन्ने समेत थाहा नपाउने प्रधानमन्त्रीकै दिमाग खुस्केको जस्तो लाग्यो । 

उहाँले अगाडि भन्नुभयो, केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा एमसीसी संसदमा पेश भएको र त्यस बेला म सरकारमा थिइनँ । यत्ति कुरा समेत थाहा नपाउने नालायक प्रधानमन्त्रीको अभिव्यक्ति निकृष्ट छ । 

नेता रावलले प्रधानमन्त्री देउवाको अभिव्यक्ति सुनेर आफूलाई लज्जाबोध भएको भन्दै एमसीसी कुन समयमा के भयो भन्ने थाहा नपाउने, झुटो बोल्ने प्रधानमन्त्री पदमा बस्न नैतिक रुपमा पनि  मिल्दैन । 

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति सुनेर आफूलाई हाँसो लागेको बताउँदै नेता रावलले भन्नुभयो, जानीबुझी बोलेको हो भने गैर जिम्मेवारी हो, जनतालाई भ्रममा पार्न निकृष्ट अभिव्यक्ति हो । यदि थाहा नपाई बोलेको हो भने उहाँको दिमाग खुस्केको मान्नुपर्छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा नुवाकोटको किस्याङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा सम्बोधन गर्दा नेता भीम रावलप्रति निकै आक्रामकरुपमा प्रस्तुत हुनुभएको थियो ।  

उहाँले नेता रावल प्रति लक्षित गर्दै भन्नुभयो, आफैँ सहभागी मन्त्रिपरिषद्को बैठकबाट संसदबाट एमसीसी पास गर्नुपर्छ भन्ने अनि खिलापमा बोल्दै हिँड्ने त्यो रावललाई लाज छैन । दुईजिब्रे कुरा गर्ने त्यो बेला किन मन्त्रीबाट राजीनामा नगरेको ? किन रावललाई मात्र टाउको दुख्छ यो विषयमा ?” 

एमसीसीका बारेमा जवाफ दिनै पर्ने भो भन्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफू (रावल) रक्षामन्त्री हुँदा एमसीसी संसदमा ल्याउने अनि विरोधमा बोल्दै हिँड्ने ? त्यसबेला के उनको दिमाग खुस्केको थियो ?