५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिक: महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको वलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताउनुभयो ।

आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतिकका रुपमा रहेको बताउनुभयो ।

महासचिव पोखरेलले सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रीत भइरहेको वेला जनताको विजयको उत्सवको दिनलाईपछाडि फर्काउने अवाञ्छीन गतिविधि भइरहेको बताउनुभयो ।

उहाँले गणतन्त्र विरोधि क्रियाकलाप भइरहेको वेला पार्टीले गणतन्त्रलाई जनताको उत्सवको रुपमा मनाउनुपर्दछ भनेर देशव्यापी रुपमा उत्सव मनाउन थालिएको बताउनुभयो । उहाँका अनुसार एमाले सवै पालिकामा गणतन्त्र दिवस मनाउन थालिएको हो ।

उहाँले उत्सव विभिन्न जातजातिका बाजागाजा सहित भव्य रुपमा मनाएको बताउनुभयो । उहाँले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व र नेपालको आफ्नो बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता सहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको बताउनुभयो ।

उहाँले कतिपय मानिसहरुले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिवबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर छ गुणामा सिमित भएको बताउनुभयो । महासचिव पोखरेल गणतन्त्रमा मध्यमवर्गको उद्य भइरहेको बताउनुभयो ।

“लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउने भन्ने कुरा मान्यतालाई स्थापित गरेको छौ । कतिले भन्ने गरेका छन्, संघियता बोझिलो भयो भन्ने गरेका छन् । संघियताले के दियो भनेर प्रश्न गर्न गरेका छन्, उहाँले भन्नुभयो, “ पञ्चायतको अन्तिममा समयमा ८ हजार किलोमिटर हाराहारीमा मात्र सडक पूर्वाधारका निर्माण भएको थियो ।”

सभा अघि एमालेले भेषभूषा, सांस्कृतिक झाकी ¥याली निकालेको थियो । विहान ११ बजेदेखि एमालेले आरआर क्याम्पस, पद्यमकम्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा,सांस्कृतिक झाकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर वृहत ¥याली निस्केको थियो । र्याली शहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगि समापन गरिएको थियो । उत्सवमा पञ्चेवाजा, झ्याली, नेवारी सस्कृति झल्कने भेषभुषामा प्रर्दशन गरिएको थियो ।

उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागि हुनु भएको थियो । गत यहि जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।

गणतन्त्र उत्सवको -यालीमा नारा गणतन्त्रको पक्षमा नारा लगाउँदै ¥याली गर्ने गरिनेछ । नाराहरु ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, ‘नेकपा (एमाले) जिन्दाबाद’ भन्ने नारा लगाउँदै र्यालीमा प्रस्तुत गरिएको थियो ।