१४ असार २०८३, आईतवार
,
Latest
कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायकः उपप्रधानमन्त्री सिंह



अ+ अ-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्नसक्ने बताउनुभएको छ ।

बुधवार ललितपुरमा आयोजित  नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित ुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको बताउनु भयो । इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको उल्लेख गर्नुभयो । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई युवाले छोडेर नजाने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले युगको नायक युवा नै भएको बताउँदै पछिल्लो जनगणनाअनुसार नेपालमा हाल १६ देखि ४० वर्ष उमेर समूहका जनसंख्या ४२.५८ प्रतिशत रहेको बताउनु भयो । युवालाई नेतृत्व विकास, उद्यमशिलता, स्टार्टअपमार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याण्कारी कार्यमा संलग्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

पप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी सबै मिलेर गणतन्त्रात्मक राज्य व्यवस्थालाई सुदृढ गर्दै पारदर्शी प्रशासनको लागि आवश्यक प्राविधिक ज्ञान, सीप र दक्षतालाई अंगीकार गर्न तयार छौँ । सकारात्मक र सक्षम युवा नै समाज रुपान्तरणका नायक बन्न सक्छन् । वर्तमान अवस्थामा हिमालको काखमा अवस्थित हाम्रा सुन्दर भूमि आन्तरिक र वाह्य बसाईको अस्वभाविक प्रवृत्तिले रित्तिँदो अवस्थामा रहेको छ । इतिहासमा आज सबैभन्दा धेरै नेपाली भूमिले युवाहरुको साथ खोजिरहेको छ । सुन्दर र शान्त यो भूमिले खोजेको साथलाई यहाँहरुले पक्कै छोडेर हिँड्नु हुनेछैन ।’

उपप्रधानमन्त्री सिंहले समृद्ध राष्ट्र निर्माणका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा आवश्यक रहेको बताउनु भयो । सिर्जना र साधनको श्रोत मानिने युवा वर्ग राज्यको आवश्यकता पहिचान गरी योगदान पु¥याउन तत्पर रहने विश्वास व्यक्त गर्नुभयो ।