• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

शेयर बजार ३७ अङ्कले बढ्यो



symbolic picture

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले बढेर एक हजार ३३६.६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.७१ अङ्कले बढेर २८२.५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर रु एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए । आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ ।

स्टकका अनुसार बैंकिङ २५.८३, व्यापार ३४.६१, होटल १२७.१, विकास बैंक ३४.८१, जलविद्युत् २६.४९, वित्त १९.४, निर्जीवन बीमा ३६५.४६, उत्पादन ४१.८३, अन्य २७.०५, लघुवित्त ७६.५५, जीवन बीमा १९८.३८ र सामूहिक लगानी कोष ०.१६ ले वृद्धि भएको छ । कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड १२ लाख ६७ हजार ८३ बरारबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु आठ करोड ६० लाख ३५ हजार १२०, हिमालयन डिष्टिलरी रु पाँच करोड ८६ लाख ६६ हजार ८८३, एनएमबी बैंक रु पाँच करोड नौ लाख २३ हजार १६१ र छिमेक लघुवित्त विकास बैंकको रु चार करोड २४ लाख १९ हजार ६२६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार आज मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै हिमालयन जनरल इन्स्योरेन्स, ९.९७, सूर्योदय लघुवित्त ९.९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकतो ९.९५ प्रतिशतले कमाए । यस्तै खानीखोला हाइड्रोपावर ३.८५, ग्लोबल आइएमई लघुवित्त ३.७१, घलेम्दी हाइड्रो ३.४५, रिलायन्स फाइनान्स ३.०८ र एनआईसी एसिया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।