११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, १ हजार ८३ सक्रिय संक्रमित



अ+ अ-

नयाँदिल्ली । छिमेकी मुलुक भारतमा देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १०८३ पुगेको छ ।

केरलामा सबैभन्दा बढी ४३० जना कोरोना बिरामी छन् । मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ संक्रमित भेटिएका छन् । यसैबीच, गुजरातमा १३ जना बिरामी निको भएका छन् ।

उत्तर–पूर्वमा पनि कोरोनाका केसहरू देखिन थालेका छन् । अरुणाचल प्रदेशमा मंगलबार दुई महिलामा कोरोना पोजेटिभ पाइएको छ । यी मध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।

उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो राज्यमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।

यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा जम्मा ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको संख्या १२ पुगेको छ ।