काठमाडौँ । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।
गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।
सरकारलाई भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्था छ । आज ११ बजेका लागि संसद् बैठक बोलाइएको भएपनि हालसम्म बैठक सुचारु हुन सकेको छैन ।










