११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघको निर्वाचनः मतदान सम्पन्न, केहीबेरमै मतगणना थालिने



अ+ अ-

पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

पोखरा सभागृहमा बिहीबार बिहान साढे १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जनाले मतदान गरेका छन् ।

केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । निर्वाचनमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरी प्यानलैसहित चुनावी मैदानमा छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् ।

यस्तै, पुरी प्यानलबाट पर्वत भण्डारी र प्रकाश गौतम उपाध्यक्षको उम्मेदवार छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीको उम्मेदवारी छ ।

६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो । विद्युतीय भोटिङबाट मतदान भएकाले छिट्टै निर्वाचनको परिणाम आउनेछ ।