काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई स्थगित गरिएको हो ।
सभामुखले सदनको अवरोध खुलाउन प्रमुख दलका सचेतकहरूसँग छलफल गरेपनि आज संसद् पुनः बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् ।
आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।










