२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि चरित्र हत्या र लाञ्छना लगाउने काम मात्रै भयोः शशांक कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोईरालाले बैठकमा गृहमन्त्रीको प्रष्टिकरणपछि उहाँको चरित्र हत्या गर्ने काम भएकोप्रति आपूm स्पष्ट भएको बताउनुभएको हो ।

गृहमन्त्रीले एक इन्चपनि गल्ती नगरेको र उहाँमाथि लगाइएका सबै आरोप गलत भएको दावी गर्दै मंगलवारको संसदमा गृहमन्त्रीले जवाफ दिने जानकारी दिनुभयो । नेता कोईरालाले बैठकमा पार्टीका नेताविरुद्ध लाग्ने नेताहरुसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताउनु भयो । प्रधानमन्त्रीको आइतबारको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोईरालाले नेपालका लागि अहिले विकास र स्थिरता चाहिएकाले मुठभेडको राजनीतिले कसैलाई फाइदा नपुग्ने बताउनु भयो । उहाँले च्यालेन्ज फेस गर्दै निश्चित बाटो निकाल्न सक्नु नै आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘गृहमन्त्रीले आज जुन कुरा राख्नुभयो म छर्लङ्ग भएँ । एक इन्चपनि उहाँले गल्ती गर्नुभएको छैन । जतिपनि आरोप लागेको छ त्यो बेबुनियादी आरोप हो । उहाँमाथि लान्छना लगाइएको छ त्यो गलत हो । भोलि उहाँले संसदमा जवाफ दिनुहुनेछ । हामीले के भनेका छौं भने सभापतिलाई बोलाएर सोध्न भनेका हौं । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरुलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौं । एकआपसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन । शेखर, सुनील र राजेन्द्र बजगाईसँग स्पष्टिकरण सोध्न भनेका छौं । पार्टीका नेताविरुद्ध नै लाग्ने नेताहरुसँग के कति कारणले भनेको हो त्यसबारेमा स्पष्टीकरण लिनै पर्छ ।  प्रधानमन्त्रीको अभिव्यक्तिबारे– म कन्स्नट्रेशनको राजनीतिमा मलाई विश्वास छैन । यो मारकाटका कुरा गर्दा जे पनि हुनसक्छ । यसको समाधानका लागि बसेर छलफल गर्ने हो । मुठभेड गरेर कसैलाई फाइदा पुग्दैन । नेपालको लागि अहिले विकास र स्थिरता चाहिएको छ । स्थिरता र विकासका लागि हामी मिलेर जानुपर्छ । न कि कन्स्नट्रेशनको बाटो । राजनीतिमा च्यालेन्ज फेस गर्न सक्नुपर्छ र त्यसलाई चिर्दै निश्चित बाटो निकाल्न सक्नुपर्छ । यसप्रकारको मुठभेड राष्ट्रको लागि राम्रो होइन ।’

उहाँले पार्टी चलाउन संगठनका सबै हिस्सा बराबर हुनुपर्ने भन्दै संगठनलाई निकास दिनका लागिमात्रै बैठकहरु गरिरहेको स्पष्ट पार्नुभयो ।