२५ मंसिर २०८२, बिहीबार
,
Latest
भिजिट भिषा तस्करी प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारीले आज उच्चस्तरीय वार्ता गर्ने



अ+ अ-

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज उच्चस्तरीय वार्ता गर्नुहुने भएको छ । १० दिने भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारी आइतबार बेइजिङ पुग्नुभएको हो ।

काठमाडौंबाट ग्वान्झाओ हुँदै जानुभएकी भण्डारी र उहाँको भ्रमण दललाई चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकारका अधिकारी एवं चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्वराष्ट्रपति र विदेशी प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजसहित स्वागत समारोह आयोजना गर्नुभएको थियो । उहाँसहित चिनियाँ उपराष्ट्रपति हान झेङसँग भण्डारीको आज भेटवार्ता हुनेछ ।

भण्डारीको भ्रमण दललाई चीन सरकारको राजकीय आवासगृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकार प्रमुखसरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।

सोमबार बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टी र विदेश मन्त्रालयद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँग संवाद कार्यक्रममा उहाँ सहभागी हुने र कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी मंगलबार गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर १९ जेठमा स्वदेश फर्किने भ्रमण–तालिका तय भएको छ ।