६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

नेपथ्य अमेरिका शृंखला: २०२५ नेपथ्यसँगै झुम्यो सियाटल

नेपथ्य अमेरिका शृंखला: २०२५  नेपथ्यसँगै झुम्यो सियाटल
अ+ अ-

सियाटल (अमेरिका): विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँपुराना लोकरक गीत प्रस्तुत गरेर दर्शकश्रोतालाई भरपूर मनोरञ्जन दिएको छ ।   

 सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो । नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो ।  

 सियाटलको मुर थिएटर का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो । नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरे ।  

 संगीतमा रमाउने संसारभरिका श्रोतादर्शकलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्डलाई हेर्न यहाँ विभिन्न ठाउँबाट नेपाली ‍ओइरिएका थिए । अमेरिकी सहरको कन्सर्टमा झुम्न क्यानाडाबाट समेत नेपाली दर्शक आइपुगेका थिए ।

 दर्शकमा नेपाली मात्रै थिएनन् । विदेशी अनुहारहरु पनि देखिन्थे । तिनैमध्येका थिए जोन सिमिङटन र कोल फोरम्यानको जोडी । भूकम्प गएका बेला एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रतिनिधि भई नेपालको सेवामा लामो समय खटिएका जोनले नेपाली भाषा र संस्कृतिको पनि थोरै ज्ञान लिएका रहेछन् ।

मैले नेपथ्यबारे उतै थाहा पाएको थिएँ । त्यसपछि युट्युब र स्पोटिफाईमार्फत पछ्याउँदै आएको छु,’ जोनले सुनाए, ‘यो ब्यान्ड सियाटलमै आउँदै छ भन्ने थाहा पाएपछि पार्टनरसमेत लिएर आएको हुँ । कन्सर्टमा प्रस्तुत अधिकांश गीतमा सबैजसो श्रोताले साथसाथै गाइरहेको देख्दा असाध्यै रमाइलो लागेको उनले बताए ।

 सुरुदेखि अन्तिमसम्मै रमाउने दर्शकको भीँडमा मनिमा गुरुङ पनि थिइन् । कास्कीको लामाचौरबाट आएकी उनको बसोबास १० वर्षभन्दा बढी समयदेखि सियाटलनजिकै केन्टमा छ ।
नेपथ्यको कन्सर्ट हेर्ने सपना धेरै पहिलेदेखि थियो । अमेरिकामा आएर बल्ल पूरा भएकामा असाध्यै खुसी छु,’ उनले भनिन्, ‘पहिलोपटक भएर पनि होलास्टेजमा कलाकारहरू आएको देख्नेबित्तिकै शरीरभरि काँडा उम्रिएजस्तै भएको थियो ।

 कन्सर्टमै भेटिएका सुशील बोगटीले टाढाटाढाबाट दर्शक आएको देखेर अचम्म लागेको बताए । ओरेगनदेखि आएको एक साथीलाई देखेर अचम्म मान्दै थप जिज्ञासा राखेको थिएँ,’ उनी भनिरहेका थिए, ‘तर पछि यही शो हेर्नका निम्ति अझ क्यानाडाका भ्यानकुभरफिनिक्सइदाहो र सेक्रिमेन्टो लगायत ठाउँदेखि आएका नेपाली भेटेपछि त झनै आश्चर्य लाग्यो ।


अर्का दर्शक शौरभ खनाल श्रीमती र बहिनीहरू समेत लिएर एक घण्टा परदेखि गाडी हाँक्दै कन्सर्टमा आइपुगेका थिए । उनले यति ठूलो संख्यामा नेपाली एकै ठाउँ भेट्दा रमाइलो लागेको सुनाए ।

कन्सर्ट अवधिभर मुख्य गायक अमृतले गाउँदै गरेका गीतहरू खोजी गर्दाको अनुभव पनि सुनाएका थिए । मुलुकको परिस्थिति र बिदेसिएका नेपालीसँग स्वदेशको अपेक्षाका विषयमा उनले प्रकट गरेका मन्तव्यलाई अन्यत्र जस्तै यहाँका दर्शकले पनि उत्तिकै मन पराए।
नेपथ्य हेर्न आउँदा गीत मात्र होइन, उसको सिंगो कन्सर्ट कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले अझ बढी महत्त्व राखेको पाएँ,’ काठमाडौँबाट आएर नर्सिङ व्यवसायमा आबद्ध सुशीला श्रेष्ठ भनिरहेकी थिइन्, ‘साथीहरूको समूह बाँधेर आज बेलुकी यहाँ आउँदा हाम्रो एउटै उद्देश्य रमाइलो गर्ने थियो र त्यो मजाले पूरा भएको छ ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृतलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
हामीले लामो समयदेखि यहाँ कन्सर्ट आयोजना गर्दै आएका छौं,’ स्थानीय आयोजक किंग्स इन्टरटेनमेन्टका देव रानाले प्रतिक्रिया दिए, ‘नेपथ्यको आजको प्रस्तुति भने सबै हिसाबले विशेष बन्न पुग्यो र सियाटलले असाध्यै मन परायो । कन्सर्ट हेरिसकेपछि दर्शकले गरेको प्रशंसाबाट पनि नेपथ्यको प्रभाव आकलन गर्न सकिने उनको भनाइ थियो ।

 टेक्सासको अस्टिन र वासिङ्टन राज्यको सियाटलपछि तेस्रो प्रस्तुतिका निम्ति ब्यान्ड थोरै तल ओर्लिएर क्यालिफोर्नियाको लस एन्जलस सहर पुगेको छ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यस सहरको हाउस अफ ब्लुज मा मे २६ मा ब्यान्डले लोकरक गीत सुनाउनेछ ।

 ब्यान्ड मे ३१ मा पेन्सिलभेनियाको पिट्सबर्गजुन ७ मा इलिनोइसको सिकागोजुन ११ मा म्यासाचुसेट्सको बोस्टन र अन्त्यमा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ ।

 अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट nepathya.com.np मार्फत सिट सुरक्षित गर्न सकिन्छ ।

फोटोहरु: दिपित राज