४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दूतावासमा ‘आभार दिवस’



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले आभार दिवस मनाएको छ। पाकिस्तानी राजदूत अबरार एच। हाश्मीले दूतावास परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै आभार दिवस सुभारम्म गर्नुभयो ।

समारोहमा दूतावासका अधिकारीहरू, नेपालीाम रहेको पाकिस्तानी समुदायका सदस्यहरू, उनीहरूका परिवारजन को उल्लेखनीय उपस्थिति थियो।

समारोहमा पाकिस्तानको सशस्त्र बलले हालैको भारतीय आक्रमणको जवाफस्वरूप देखाएको दृढता, एकता र साहसको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा विशेष दुआ (प्रार्थना) गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र पाकिस्तानको स्थायी शान्ति, प्रगति तथा समृद्धिका लागि पनि प्रार्थना गरिएको दूताबासले जनाएको छ ।

राजदूत हाश्मीले पाकिस्तानका मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग तथा क्षेत्रीय शान्ति र स्थायित्वमा उनीहरूको भूमिकालाई पनि सराहना गर्नुभयो। साथै, उहाँले नेपाल सरकार र नेपाली मित्रहरूप्रति आभार व्यक्त गर्दै दूतावासप्रति देखाइएको निरन्तर समर्थनका लागि धन्यवाद दिनुभयो।