१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान दूतावासमा ‘आभार दिवस’



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले आभार दिवस मनाएको छ। पाकिस्तानी राजदूत अबरार एच। हाश्मीले दूतावास परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै आभार दिवस सुभारम्म गर्नुभयो ।

समारोहमा दूतावासका अधिकारीहरू, नेपालीाम रहेको पाकिस्तानी समुदायका सदस्यहरू, उनीहरूका परिवारजन को उल्लेखनीय उपस्थिति थियो।

समारोहमा पाकिस्तानको सशस्त्र बलले हालैको भारतीय आक्रमणको जवाफस्वरूप देखाएको दृढता, एकता र साहसको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा विशेष दुआ (प्रार्थना) गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र पाकिस्तानको स्थायी शान्ति, प्रगति तथा समृद्धिका लागि पनि प्रार्थना गरिएको दूताबासले जनाएको छ ।

राजदूत हाश्मीले पाकिस्तानका मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग तथा क्षेत्रीय शान्ति र स्थायित्वमा उनीहरूको भूमिकालाई पनि सराहना गर्नुभयो। साथै, उहाँले नेपाल सरकार र नेपाली मित्रहरूप्रति आभार व्यक्त गर्दै दूतावासप्रति देखाइएको निरन्तर समर्थनका लागि धन्यवाद दिनुभयो।