१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कैलाली अधिवेशनमा झडप, निर्वाचन अनिश्चित



अ+ अ-

कैलाली । नेकपा एमाले कैलाली जिल्ला कमिटीको नेतृत्व चयनका क्रममा भएको विवादले झडपको रुप लिएको छ । 

निर्वाचन समितिले पटक–पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो ।

प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको हो ।

झडपको क्रममा युवाहरुले मतदानका लागि बनाएका मतपेटिका फालिदिएका छन् भने र मतपत्र छरिदिएका छन् । 

झडपपछि निर्वाचन अनिश्चित भएको छ ।