५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरीः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताउनुभएको हो । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उहाँको भनाइ छ ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताउनु भयो । उहाँलेसातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी भारत र नेपालको बीचमा छौँ । कहाँ प्राकृतिक र धार्मिक हिसाबले धनि पनि छौँ । हामी सगरमाथाको देश, गौतमबुद्धको जन्मस्थल भएको देश, पशुपतिनाथको देश, मुक्तिनाथको देश भनेर चिनिने गरेका छौं । प्रकृतिको हिसाबाट पनि हामी क्यापिटलाइज गन सक्छौँ । तर जुन हिसाबले हामीले क्यापिटलाइज हुनुपर्ने हो त्यसो हुन सकेको छैन । तर अहिले बिस्तारै हामी आफैँ पनि सात वटा प्रदेश सात वटा पर्यटन पूर्वाधार निर्माण गर्ने दिशामा अगाडि बढिरहेका छौँ । नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने दिशामा लागिरहेका छौँ ।’

अध्यक्ष ढकालले पर्यटन प्रवद्र्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।