१४ असार २०८३, आईतवार
,
Latest
इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छः महासचिव पोखरेल



अ+ अ-

नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताउनुभएको छ ।

कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताउनु भयो । उहाँले उनीहरुको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको बताउनु भयो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका बिरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा बिरोधीहरुले जुन हिसावले हाम्रो बिरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नुपर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरुले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन । आज हाम्रो पार्टीका बिरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्नेकुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको बिरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरु अत्यन्त आक्रामक रुपमा प्रश्तुत भइरहेको पाउने गर्दछाँै ।’

महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकार र नेकपा एमालेबाट कुनै गलत काम नभएको दाबी गर्नुभयो ।