१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको हो । 

यस्तै, प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ । 

नेपालमा आजमात्रै ११ सय ६७ संक्रमित थपिएका छन् ।