८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

क्षमता अनुसार विपद् व्यस्थापन गरिने: कानुनमन्त्री भण्डारी

क्षमता अनुसार विपद् व्यस्थापन गरिने: कानुनमन्त्री भण्डारी
अ+ अ-

विराटनगर: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारले आफ्नो क्षमताअनुसार विपद् व्यवस्थापनको कार्य गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित ‘सबैका लागि पूर्वसूचना प्रदेशस्तरीय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले प्रदेशभरिका विपद्का घटना हुन सक्ने स्थानको पाश्र्वचित्र बनाएको जानकारी दिनुभयो । उहाँले विपद्काट आमनागरिकलाई बचाउन साधन स्रोतले भ्याएसम्म पूर्वतयारी गरिएको उल्लेख गर्दै विपद्का १७ सूचाङ्क स्थानीय तहसम्म पु¥याउने तथा स्थानीय तहले निर्माण गर्ने बजेटमा यसलाई समावेश गर्न सहज हुने बताउनुभयो ।

विकाससँगै विनाशको पनि खतरा रहने भएकाले विपद्का लागि पूर्वसूचनाले मद्दत गर्ने र सरकारको बजेटले मात्र यसलाई न्यूनीकरण गर्न नसकिने मन्त्री भण्डारीको धारणा थियो । प्रदेश सरकाले पूर्वसूचनाका आधार निर्माण गरिसकेकाले विपद् हुने स्थानमा पूर्वसूचना प्रणालीबाट नागरिक स्वयं सचेत भई जनधनको क्षतिलाई बचाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रम कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, किशोरचन्द्र दुलाल र गीता तिमिल्सिनाले विपद् न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापा, प्राधिकरणका सहसचिव अर्जुनकुमार बमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।रासस