२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए रोक



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ ।

ट्रम्प प्रशासनले विश्वविद्यालयलाई पत्र पठाउँदै विदेशी विद्यार्थी भर्ना रोक्न भनेको हो । पत्रमा विश्वविद्यालयको स्टुडेन्ट एक्सचेन्ज भिजिटर प्रोग्राम रोक्ने भनिएको छ । सो कार्यक्रम होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसनले निगरानी गरेको थियो ।

प्रशासनको चिठी अनुसार हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएसँगै एक विश्वविद्यालयबाट अर्कोका स्थानान्तरण हुन पनि आप्रवासी नभएको पुष्टि गर्नुपर्नेछ ।

हार्वर्डले भने विज्ञप्ति जारी गर्दै यो निर्णय अन्यायपूर्ण र प्रतिरोधात्मक भएको जनाएको छ ।

हार्वर्डले विभिन्न तीन चरणमा गरेर सङ्घीय सरकारबाट पाउने अनुदान रोक्का गरिएको छ । यसै साता हावर्डको एलन गार्वरले आर्थिक संकट भएको बताउँदै पूर्व विद्यार्थीलाई सहयोगका लागि अपिल गरेका छन् ।

होमल्याड सेक्युरिटी डिपार्टमेन्टका सेक्रेटरी क्रिस्टी नोयमले सामाजिक सञ्जालमा लेख्दै हावर्डको पारदर्शिता शङ्कास्पद रहेको जनाएकी छन् ।