५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत मुस्ताङमा



अ+ अ-

मुस्ताङ:नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुग्नुभएको छ । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उहाँ अवलोकन भ्रमणका लागि यहाँ आउनुभएको हो ।

नेपालर अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पु¥याउने उद्देश्यले राजदुत थम्पसनले मुस्ताङको भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्नुहुने बताइएको छ ।

एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उहाँले आज वारागुङ मुक्तिक्षेत्र–२ झोङस्थित गुम्बाको अवलोकन गर्नुभयो । एएफसीपीबाट जीर्णोद्वार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको उल्लेख गर्नुभयो । जीर्णोद्वारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उहाँको भनाइ थियो ।

मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ । राजदूत थम्पसनले आज भ्रमण गर्नुभएको झोङ गुम्बा, गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा (घर गुम्बा) तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्नुहुने अमेरिकी दूतावासले जनाएको छ । रासस