१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

१२ हजार वर्षदेखि समुद्रभित्र लुकेको रहस्यमयी सहर !

१२ हजार वर्षदेखि समुद्रभित्र लुकेको रहस्यमयी सहर !
अ अ+ अ-

एजेन्सी । संसारको समुद्रमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरु यी रहस्यहरु बारे जान्न कोशिस गरिरहेका छन् । अब यसैबीच एक पूर्व पुरातत्वविद्ले एउटा ठूलो दाबी गरेका छन् जुन अचम्मको रहेको छ । 

यी अमेरिकी पुरातत्वविद्ले समुद्रमा १२ हजार वर्ष पुरानो सहर फेला पारेका छन् । पुरातत्वविद्को नाम क्र्याकपोट जर्ज गेल रहेको छ । पुरातन समयमा मेक्सिकोको एउटा सहर समुद्रमा डुबेको थियो ।

अब पुरातत्वविद् क्र्याकपोट जर्ज गेलले यो रहस्यमय शहर फेला पारेको दाबी गरेका छन् । कुनै कारणले यो सहर १२ हजार वर्षअघि समुद्रमा डुबेको बताइएको छ । जलमग्न सहरमा ऊर्जा क्षेत्र र धेरै पिरामिडहरू पनि भेटिएको उनले दाबी गरेका छन् । समुद्रको गहिराइमा ढुङ्गाका भवनका अवशेष भेटिएको बताइएको छ । 

पुरातत्वविद् क्र्याकपोट जर्ज गेलले पुरातन सहरका अवशेषहरूबाहेक पिरामिड पनि फेला पारेको दाबी गरेका छन् । १२ हजार वर्ष पुरानो सहरको अवशेष भेटिएको ठाउँमा आफूले ४४ पटक भ्रमण गरेको उनको भनाइ छ ।

यद्यपि, विज्ञहरू १२ हजार वर्ष पुरानो सहर फेला पार्ने आफ्नो दाबीमा खासै ढुक्क छैनन् । गेलले ग्रेनाइट शहरको बीचमा पिरामिड रहेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सयौं भवन बालुवा र माटोले पुरिएको बताए ।

क्र्याकपोट जर्ज गेलले लगभग ५० वर्षदेखि भवन र ठूला पिरामिडका अवशेषहरूबारे अनुसन्धान गर्दै आएका छन्। केही दिनअघि आफू डुङ्गा चढेर समुन्द्रमा गएको उनले बताए । 

यस क्रममा उनले १२ हजार वर्ष पुरानो ग्रेनाइटको सहर देखे । यो सहर पहिलेदेखि नै चर्चाको विषय बनेको छ । माछा मार्नेहरूले जालमा अनौठो चट्टान फसेको खबर धेरै पटक  दिएका छन् ।