२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

१२ हजार वर्षदेखि समुद्रभित्र लुकेको रहस्यमयी सहर !

१२ हजार वर्षदेखि समुद्रभित्र लुकेको रहस्यमयी सहर !
अ अ+ अ-

एजेन्सी । संसारको समुद्रमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरु यी रहस्यहरु बारे जान्न कोशिस गरिरहेका छन् । अब यसैबीच एक पूर्व पुरातत्वविद्ले एउटा ठूलो दाबी गरेका छन् जुन अचम्मको रहेको छ । 

यी अमेरिकी पुरातत्वविद्ले समुद्रमा १२ हजार वर्ष पुरानो सहर फेला पारेका छन् । पुरातत्वविद्को नाम क्र्याकपोट जर्ज गेल रहेको छ । पुरातन समयमा मेक्सिकोको एउटा सहर समुद्रमा डुबेको थियो ।

अब पुरातत्वविद् क्र्याकपोट जर्ज गेलले यो रहस्यमय शहर फेला पारेको दाबी गरेका छन् । कुनै कारणले यो सहर १२ हजार वर्षअघि समुद्रमा डुबेको बताइएको छ । जलमग्न सहरमा ऊर्जा क्षेत्र र धेरै पिरामिडहरू पनि भेटिएको उनले दाबी गरेका छन् । समुद्रको गहिराइमा ढुङ्गाका भवनका अवशेष भेटिएको बताइएको छ । 

पुरातत्वविद् क्र्याकपोट जर्ज गेलले पुरातन सहरका अवशेषहरूबाहेक पिरामिड पनि फेला पारेको दाबी गरेका छन् । १२ हजार वर्ष पुरानो सहरको अवशेष भेटिएको ठाउँमा आफूले ४४ पटक भ्रमण गरेको उनको भनाइ छ ।

यद्यपि, विज्ञहरू १२ हजार वर्ष पुरानो सहर फेला पार्ने आफ्नो दाबीमा खासै ढुक्क छैनन् । गेलले ग्रेनाइट शहरको बीचमा पिरामिड रहेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सयौं भवन बालुवा र माटोले पुरिएको बताए ।

क्र्याकपोट जर्ज गेलले लगभग ५० वर्षदेखि भवन र ठूला पिरामिडका अवशेषहरूबारे अनुसन्धान गर्दै आएका छन्। केही दिनअघि आफू डुङ्गा चढेर समुन्द्रमा गएको उनले बताए । 

यस क्रममा उनले १२ हजार वर्ष पुरानो ग्रेनाइटको सहर देखे । यो सहर पहिलेदेखि नै चर्चाको विषय बनेको छ । माछा मार्नेहरूले जालमा अनौठो चट्टान फसेको खबर धेरै पटक  दिएका छन् ।