२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सीमामा गोली लागेर गोर्खा सैनिकको मृत्यु



अ+ अ-

एजेन्सी । सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गरेको छ । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् । 

‘पाकिस्तानले दुई राउन्ड ६०÷८२ एमएम मोर्टार फायर ग¥यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो  । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

त्यसैगरी ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ । हाकाम बाई नाम गरेकी यी महिलाको निधन जीएमसी जम्मु अस्पतालमा भएको हो, यहाँ विशेष उपचारका लागि उनलाई भर्ना गरिएको थियो ।  प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ । यससँगै ८ जुलाईको दोहोरो भिडन्तमा परेर ज्यान गुमाउने सर्वसाधारण महिलाको संख्या दुई पुगेको छ । एकजनाको यसअघि नै मृत्यु भएको थियो ।