८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि बिचको सहकार्य

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि बिचको सहकार्य
अ+ अ-

काठमाडौँ: युएनएफपीए, संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संस्था, तथा मनकामना दर्शन प्रा. लि. ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दि र सरकारी नीजि साझेदारी मार्फत समुदायको सुदृढिकरणका लागि सहयोग सम्झौता गरेका छन् ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन पर्यटन क्षेत्रको एक अग्रणि संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौता उल्लेख गरिएको छ।

काठमाडौँमा  गरिएको सम्झौतामा, युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रा. लिका तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस साझेदारी मार्फत दुबै पक्षले आगामि दुई बर्ष सम्म पैरवि र क्षमता अभिबृद्दिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनका निम्ति अवसरहरू प्रदान गर्दै सुरक्षित र समाबेशि वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

मनकामना दर्शन प्रा. लि ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि बिभिन्न स्थानमा जस्तै टिकट काट्ने स्थानहरूमा पोष्टर, पम्पलेट मार्फत सूचना सम्प्रेष्ण गरिने छ। यस्ता सूचना मार्फत आगन्तुकले हिंसा भएका खण्डमा कहाँ जानकारी प्राप्त गर्ने, कस्ता सेवा उपलब्ध हुन्छन, हिंसा भोगेका व्यक्तिका अधिकारका बारेमा जानकारी प्राप्त गर्ने छन भने सबै पहुँचका लागि यस्ता सूचना लाई श्रब्यदृष्य सामग्री मार्फत सम्प्रेषण गरिने छ।

सचेतना र क्षमता अभिबृद्दिका बाहेक यस साझेदारी मार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जिबनोपार्जनका सहयोग र समाजमा पुनस्थापनाका लागि स्थानीय श्रम र अन्य ब्यापारिक संस्थासँग जोड्ने उद्देश्य राखिएको छ।

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि, योङ हौंगले,  युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको भूमिका बारेमा थप प्रकाश पार्दै भन्नु भयो – जब नीजि क्षेत्र सामाजिक मर्यादा, समानता र सुरक्षाका सबालहरूसँग एकाकार हुन्छन, उनिहरू परिवर्तनका सशक्त सम्बाहक बन्दछन्।”

मनकामना दर्शन प्रा. लि. का यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिबद्दता जाहेर गर्दै युएनएफपीए संग को साझेदारीमा महिला, किशोरी का लागि सुरक्षित वातावरण का लागि काम गर्नु आफूहरुका लागि गौरवको बिषय रहेको प्रष्ट्याुनु भएको छ।

संयुक्त राष्ट्रको रुपन्तरणकारी एजेन्डा र लैंगिक हिंसा रोकथामका लागि राष्ट्रिय लक्ष्यहरू हासिल गर्न यस सहकार्य नीजि क्षेत्रको सामाजिक उत्तरदायित्वको एक नविन ढाँचा रहेको छ ।