काठमाडौं ।आज साँझ ६ बजे मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले साँझ बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।
सम्भवत आजै गभर्नर पनि नियुक्त गर्ने तयारी भएको कुरा बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यसका लागि आज नै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिश समितिको बैठक पनि बोलाउनुभएको छ । अर्थमन्त्रीको अध्यक्षताको सो समितिले नाम सिफारिश गरेपछि आज नै साँझ गभर्नर नियुक्त गरिने भएको बालुवाटार स्रातले जानकारी दियो ।
यसअघि हिजो साँझ नै मन्त्रिपरिषद बैठक बोलाइएको थियो । तर प्रधानमन्त्री ओली हिजो अकस्मात विरामी परेपछि सो बैठक स्थगित भएको थियो ।
त्यसपछि आजका लागि सो बैठक बोलाइएको छ । यसअघि आज नै केही बेरअघि बालुवाटारमा प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सो भेटका क्रममा आजको मन्त्रिपरिषदको बैठकका गभर्नरको नियुुक्ति र अन्य एजेण्डका बारेमा कुराकानी भएको बताइएको छ ।
हिजो साँझ नै दुई नेता बसेर गभर्नर लगायतका यी एजेण्डा र विषयमा कुराकानी गर्ने तय भएकोमा प्रधानमन्त्री विरामी भएपछि बैठक बस्न सकेको थिएन ।










