मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताउनु भयो । तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उहाँको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ । सम्पर्क गर्दा त्यहाँको गाउँलेहरु न यता जान सम्भव, न उता जान । त्यहाँको जनता रोइरहेको छ । कराइरहेको छ, गुहार मागिरहेको छ । नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ । तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ । त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्नुप¥यो । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्नुपर्छ ।’

सांसद भोटे हिमाल केन्द्रित योजना बनाउन उहाँले माग गर्नुभयो ।