२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी –२० विश्वकप एसिया छनोट जितका लागि नेपाललाई १५९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउदै १५८ रनको योगफल बनायो ।

थाइल्याण्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन । नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन । उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन ।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।