२४ मंसिर २०८२, बुधबार
,
Latest
निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी –२० विश्वकप एसिया छनोट जितका लागि नेपाललाई १५९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउदै १५८ रनको योगफल बनायो ।

थाइल्याण्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन । नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन । उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन ।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।