२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पृतनापति ट्रफी–२०८२’ सम्पन्न



अ+ अ-

कर्णाली । यही जेठ १ देखि ५ गतेसम्म सञ्चालित ‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न ‘पृतनापति ट्रफी’अन्तर्गत विभिन्न विधामा खेलकुद भएका हुन् ।

सोमबार सम्पन्न भलिबल फाइनल खेलमा कालीबहादुर गण प्रथम भएको छ । पहिलो सेट देवीदत्त गणले जितेको थियो । त्यसपछिका खेलमा कालीबहादुर गणले सोझो तीन सेट जितेर प्रथम भएको हो । प्रतियोगितामा देवीदत्त गण उपविजेता बनेको छ । उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी अनुपजङ्ग थापाले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ स्वस्थ खेलाडी उत्पादन गर्दै शारीरिक क्षमता अभिवृद्ध गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स विधामा खेल सञ्चालन गरिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुप जङ्ग थापासहित चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, कर्णाली प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, श्री नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, श्री उत्तर पश्चिमपृतनाका सहचिफ अफ स्टाफलगायतको उपस्थिति थियो ।

‘पृतनापति ट्रफी’ को समग्र खेल विधामा भएका प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा च्याम्पियन्स् भएको आयोजकले जनाएको छ । प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल, व्यवस्थापकलगायत करिब तीन सयको सहभागिता रहेको रजौरले जानकारी दिनुभयो । रासस




भर्खरै