१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने विष्टलाई एक लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।

विष्टले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न पत्र लेखेका थिए । त्यसपछि पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।