२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप एसिया छनोट : यूएईलाई हराउँदै ग्लोबल छनोटमा पुग्ने नेपाललाई अवसर



अ+ अ-

काठमाडौं । महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर–थ्रीमा आज नेपालले यूएईसँग खेल्दै छ । थाइल्यान्डमा जारी प्रतियोगितामा नेपाल यूएईलाई हराउँदै सुपर ग्लोबल छनोटमा पुग्न चाहन्छ ।

यो खेल बैंककको टेर्डथाई क्रिकेट मैदानमा बिहान पौने ९ बजेबाट सुरु हुनेछ । सुपर–३ को पहिलो खेलमा युएई थाइल्यान्डसँग ५४ रनले पराजित हुँदा नेपालले पहिलो खेल खेल्न लागेको हो । उक्त खेलमा जित निकालेमा नेपाल एक खेल अगावै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । नेपाल पराजित भएमा भने थाइल्यान्ड र यूएई ग्लोबल छनोटमा पुग्नेछन् ।

वर्षाका कारण खेल प्रभावित भएमा मङ्गलवार हुने नेपाल र थाइल्याण्डबिचको खेलले ग्लोबल छनोट खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

पहिलो खेलमा जित निकालेको थाइल्याण्डले ८ अङ्कसहित ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । पहिलो खेलमा हार बेहोरेको युएईको ६ अङ्क छ । भने दुई खेल खेल्न बाँकी नेपालको ५ अङ्क छ । युएई र नेपालमध्ये एक टोलीले मात्रै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछन् ।

युएईसँग पराजित भएमा नेपाल ग्लोबल छनोटमा पुग्ने सम्भावना सकिनेछ । अङ्क बाँडेमा अथवा जित निकालेमा मात्रै नेपालको ग्लोबल छनोट स्थान बनाउने सम्भावना रहनेछ ।

विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणमा दुई खेलमा जित निकाल्दा एक खेलमा हार र एक खेल वर्षाका कारण प्रभावित भएको थियो । दुई पटक बहराइनलाई हराउँदा हङकङसँग एकपटक अङ्क बढ्यो भने एकपटक हार बेहोर्नुपर्‍यो ।