९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छः मानवअधिकार आयोग

तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छः मानवअधिकार आयोग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ ।

तीनकुने घटना मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेष्टिगेशन भन्दा पनि फाष्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो । अनुसन्धान शुक्रवार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ । सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले देख्यौं, के पायौं । र, हामी राज्यको ध्यानाकर्षण गराउँछौं । राज्यले मृतकका परिवारलाई के गर्नुपर्छ र घाइते भएकालाई के गर्नुपर्छ भनेर सुझावसहितको रिपोर्ट तयार पारेका छौं । अनुसन्धान पूर्ण रुपमा सकिइसकेको छ । हामीले यहाँ भएको ह्युमन रिसोर्सभन्दा पनि कस्तो किसिमको गोली चलाइएको हो, कस्तो छर्रा लागेको हो । दुई जना विज्ञहरु हायर गरेर कमिटी बनाएर सो कमिटीले रिपोर्ट तयार पारेको हो । सुक्ष्म अनुसन्धान गर्नुपर्ने विषय भएकाले अलि समय लागेको हो । त्यसैले हामीले अनुसन्धान सकिसकेका छौं त्यो अब एक दुई दिनमा तपाईहरुले थाहा पाइहाल्नु हुन्छ । यति भन्न चाहन्छु कि हामीले अनुसन्धानका काम सकिसकेका छौं एक दुई दिनमा हामी मिडियामा ल्याउँछौं । राज्यले के गर्नुपथ्र्यो ? किन गरेन ? किन भएन ? भन्ने सबै कुरा मेडिकल रिपोर्टमा भर पर्नुपर्ने हुन्छ । उहाँको पोष्टमार्टम रिपोर्ट र डाक्टरले के भनिदियो भन्नेमा भर पर्नुपर्ने हुनाले हाम्रो समितिभित्र फरेन्सिक डाक्टर पनि हुनुहुन्थ्यो । त्यसैले डाक्टरको एनलाइसिसमा भरपर्छ । आजभोलि नै सार्वजनिक हुन्छ सबै माननीयज्युहरुको समय हेरेर हामी सार्वजनिक गर्छौं । यो दुःखद घटना हो सबैप्रति मेरो समवेदना छ । नहुनुपर्ने कुरा भैसक्यो तर पीडितले न्याय पाउनुपर्छ भन्नेमा मानवअधिकार आयोग सदैव ध्यान दिएर काम गर्छ ।’

प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुजनले उक्त घटना योजनावद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोग समक्ष आग्रह गर्नुभएको छ ।