९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

चलचित्र ‘के घर के डेरा: घर नं २’ –आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र

चलचित्र ‘के घर के डेरा: घर नं २’ –आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र
अ अ+ अ-

काठमाडौँ । चलचित्र ‘के घर के डेरा: घर नं २’ लाई दर्शकहरुले रुचाएका छन् ।

शनिवार साँझ चलचित्र हेरेर निस्किएका दर्शक र कलाकारहरुले चलचित्रको बारेमा आफ्ना धारणा राखेका थिए । चलचित्रमा कसरी जिन्दगी जिउने भन्नेकुरालाई सिकाइएको छ । सिनेमामा त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् ।

दर्शकहरुसँग चलचित्र हेरेसँगै सिने पत्रकारहरुसँग कुराकानी गर्दै कलाकारहरुले चलचित्रमा देखाइएको कथावस्तु कुनै न कुनै हिसावले आफ्नो जीवनसँग मेल खाने बताए । अभिनेत्री केकी अधिकारीले सबैको जीवनमा मेल खानेगरी नै चलचित्रको कथावस्तु निर्माण गरिएको बताउनु भयो । सबैले आफूलाई कुनै न कुनै कथा र पात्रसँग सम्बन्धित पाउने उहाँको भनाइ छ । त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफूहरुले पात्रको अभिनय गरेको र काम गर्दा सँगै पहिलादेखि काम गरेको जस्तो महशुस भएको बताउनु भयो । चलचित्र आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र जस्तो रहेको बताउनु भयो ।

चलचित्रको प्रिमियरमा १ सय ८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए । मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो ।

‘के घर के डेरा: घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, उपासना सिंह ठकुरी, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रश्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा: घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।