१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा उपाधि रियल म्याड्रिडलाई ?



अ+ अ-

ग्रेनेडा । रियल म्याड्रिडले सोमबार ग्रेनेडालाई २–१ ले हराउँदै यस सिजनमा लगातार नवौं जित हात पारेको छ । यो जितसँगै रियल उपाधिको अझ नजिक पुगेको छ ।

जिनेदिन जिदानको रियल शीर्ष स्थानमा रहँदा बार्सिलोनामाथि चार अंकको अग्रता बनाएको छ । ३६ खेलबाट ८३ अंकसहित रियल शीर्ष स्थानमा रहँदा समान खेलबाट बार्सिलोना ७९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब रियलले बिहीबार भिल्लारियललाई घरमा हराएमा लिग जित्न सक्ने छ । अथवा लिगको अन्तिम दिन लेगानेसविरुद्धको खेलसम्म कुर्नु पर्नेछ । ग्रेनेडामाथि फरल्यान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे । दोस्रो हाफमा ड्रफिन माचिसले एक गोल फर्काए ।

सोमबार अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हरायो भने एलाभेस र गेटाफेले गोलरहित बराबरी खेले ।