१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी



अ+ अ-

इलाम । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो ।

उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ ।  

जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो । 

एमाले बागलुङका अध्यक्षमा  केसी 

 नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित हुनुभएको छ । कार्यबाहक अध्यक्षसमेत रहनुभएका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले ३२९ मत प्रप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी  पाठकले २२८ मत पाउनुभयो अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी हुनुभयो । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाउनुभएको छ । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।