१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला रु ३०० ले घट्यो, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भइरहेको छ । आइतबारको तुलनामा प्रतितोला रु. ३०० ले सुनको मूल्यमा गिरावट आएको हो । आइतबार प्रतितोला रु. ९१ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. ३०० ले कमी आई प्रतितोला रु ९० हजार ८०० तोकिएको जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार १०० थियो ।  

त्यस्तै, चाँदीको मूल्य पनि रु. ५ घटेर प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ ।